Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सितापाइलामा मृत भेटिएका एक महिला र दुई बालिकाहरुकाे पहिचान खुल्याे

सितापाइलामा मृत भेटिएका एक महिला र दुई बालिकाहरुकाे पहिचान खुल्याे

जोईन खबर

९, फाल्गुण २०८०
  • 844
    SHARES
  • सितापाइलामा मृत भेटिएका  एक महिला र  दुई बालिकाहरुकाे  पहिचान खुल्याे

    ९ फागुन काठमाडाैँ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुने ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका दुई छोरी  ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले  बताए ।

    images

    उनीहरूकाे घर भने, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका वडा न -१० घर भइ हाल अहिले नागार्जुन नगरपालिका वडा न -६ भैरवटोल बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए ।

    images
    images
    images

    मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको र घरेलु हतियार प्रहार गरेर उनीहरुको हत्या भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताएका छन् । 

    प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १२:४५:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको