Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाका प्रदेश महामन्त्री कारवाहीमा परे, निलम्बन

रास्वपाका प्रदेश महामन्त्री कारवाहीमा परे, निलम्बन

जोईन खबर

९, फाल्गुण २०८०
  • 823
    SHARES
  • रास्वपाका प्रदेश महामन्त्री  कारवाहीमा परे, निलम्बन

    ९ फागुन काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोशी प्रदेश महामन्त्री लालविक्रम थापा कारवाहीमा परेका छन् । उनलाई पार्टीको फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै पार्टीले निलम्बन गरेको छ ।

    images

    उनी सुनसरी क्षेत्र नं २ मा गएको प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेका थिए । उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप लगाइएको छ ।

    images
    images
    images

    सो विषयमा पार्टीले उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको भन्दै पार्टीले कारबाही गरेको हो ।

    image_2024-02-21_165956785.png

    प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १६:५९:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको