१० फागुन काठमाडौँ । जिल्ला गोरखाका स्थानीय तहहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङकनमाआरुघाट गाउँपालिका प्रथम भएको छ ।आयोगले यस आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्याङकमा आरुघाट गाउँपालिकाले ४८.९५ प्रतिसत अंक ल्याएर गोरखा जिल्ला कै पहिलो बनेको हो ।
आयोगले गरेको कार्यसम्पादन मूल्याङकनमा भीमसेन थापा गाउँपालिकाले ४४.५५ प्रतिसत अंक ल्याएर जिल्लामा दोस्रो पालिका बनेको हो । त्यसै गरी कार्यसम्पादन मूल्याङकनमा बारपाक सुलिकोट गाउँपालिकाले ४३.५४ प्रतिसत अंक ल्याएर जिल्लामा नै तेस्रो बनेको छ ।
यसै गरी सिरानचोक गाउँपालिका ४३.४० प्रतिसत अंक ल्याएर चौथो, अजिरकोट गाउँपालिकाले ४२.९१ प्रतिसत अंक ल्याएर पाँचौ,पालुङटार नगरपालिका ४०.६० प्रतिसत अंक ल्याएर छैटौँ, शहीद लखन गाउँपालिकाले ४०.३७ प्रतिसत अंक ल्याएर सातौ, गण्डकी गाउँपालिकाले ३८.४५ प्रतिसत अंक ल्याएर आठौँ, चुमनुब्री गाउँपालिका ३७.०७ प्रतिसत अंक ल्याएर नवौँ, गोरखा नगरपालिका २८.६३ प्रतिसत अंक ल्याएर दशौँ रहेको छ भने, जिल्लाका स्थानीय तहहरुमध्ये कार्यसम्पादन मूल्याङकनमा धार्चे गाउँपालिकाले २८.११ प्रतिसत अंक ल्याएर एघारौँ स्थानमा रहेको आयोगले कार्यसम्पादन मूल्याङकनमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङकन कार्यविधि २०७८ को दफा ७ अनुसार स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङकन गरी अंक प्रदान गरेको हो ।