Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिविको उपकुलपतिमा प्रा.डा बराल नियुक्त

त्रिविको उपकुलपतिमा प्रा.डा बराल नियुक्त

जोईन खबर

१०, फाल्गुण २०८०
  • 886
    SHARES
  • त्रिविको उपकुलपतिमा प्रा.डा बराल नियुक्त
    १० फागुन काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजंग बराल नियुक्त भएका छन्।बराललाइ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार  विश्वविद्यालयको २०औं उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालय सदस्य विनोद न्यौपनेले राससलाई जानकारी दिए।सिफारिस गरिएका तीन जनामध्ये बराललाई प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका हुन्।
     
    सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसँगै प्रा.डा चित्रबहादुर बुढाथोकी र प्रा.डा टंकनाथ धमलाको पनि नाम सिफारिस भएको थियो।
     
    उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा 'सर्टलिस्ट' मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आइतबार सिफारिस गरिएको थियो।

    प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - १६:४८:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको