१४ फागुन काठमाडौँ । जिल्ला भलिवल संघ गोरखाको आयोजनामा आउँदो चैत्र २७ गतेबाट प्रथम अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ गोरखाले हिजो आइतवार पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी गराएको हो ।
जिल्ला भलिवल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङले भनुभयो , हामीले युवायुवतीलाई कुलतमा फस्न नदिई खेलमा सक्षम बनाउन र खेल क्षेत्रमार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागिएको बताउनु भयो । अहिलेको अवस्था हेर्दा युवायुवतीहरु कुलतमा फसिरहेका देखिन्छन्, उनीहरुलाई कुलतमा फस्नबाट जोगाएर खेलमा सक्षम बनाउने लक्ष्यका साथ प्रतियोगिता गर्न लागेका जानकारी दिनु भयो ।
यस प्रतियोगितामा जिल्लाका २ वटा नगरपालिका र ९ वटा गाउँपालिकाका पुरुष र महिलाको छुट्टाछुट्टै टिमको सहभागीता रहने उनले जानकारी दिए ।उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने ,द्धितिय हुने टिमले नगद रू ४० हजार ट्रफी, मेडल र प्रमाण पत्र र तृतीय हुने टिमले नगद रू २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र गर्ने छन् , भने सान्त्वना हुने टिमले नगद रू १५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने समेत बताउनु भयो ।
यस प्रतियोगिता हरमटारी खेलमैदानमा हुनेछ । चैत २७ देखि चैत्र ३० गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले नगद रू ५ हजार, उकृष्ट डिफेन्डर २ हजार, सेटर २ हजार, ब्लकर, २ हजार, सर्भर २ हजार, स्पाईकर २ हजार , प्रशिक्षक २ हजार र उदयमान खेलाडीलाई २ हजारदरले पुरस्कार दिने व्यवस्था गरिएको छ ।प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार तोकिएको छ ।प्रतियोगिता अवधीभर भलिबल खेलसँगै हास्य एवम मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुने बताइएको छ ।