Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार नामी र बूढानीलकण्ठ फाइनल प्रवेश

सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार नामी र बूढानीलकण्ठ फाइनल प्रवेश

जोईन खबर

१४, फाल्गुण २०८०
  • 742
    SHARES
  • सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार नामी र बूढानीलकण्ठ फाइनल  प्रवेश

    १४ फागुन काठमाडाैँ । नामी र बूढानीलकण्ठ सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् । ४ टिम सहभागी राउन्ड रोविन लिगमा नामी विजेता र बूढानीलकण्ठ उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

    images

    मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको कोर्टमा नामीले मल्पीलाई १२–३, बूढानीलकण्ठलाई ९–८ र काष्ठमण्डपलाई १३–३ ले पराजित ग¥यो । बूढानीलकण्ठले नामीलाई ३०–१० तथा काष्ठमण्डलाई ६–५ ले हरायो ।ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल काष्ठमण्डप मल्पी ‘बी’ तथा बूढानीलकण्ठ र ओरियन्टबीच हुनेछ ।

    images
    images
    images

    समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको काष्ठमण्डपले मल्पीलाई २०–९, ओरियन्टलाई १४–११ र बूढानीलकण्ठलाई ९–७ ले पाखा लगायो ।प्रतियोगिताको ए लेभल को–ओर्डिनेटर यादव थपलियाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ४ टिम सहभागी रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - १४:३६:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको