Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लघुवित्त ऋणीहरू नयाँ बानेश्वरबाट पक्राउ

लघुवित्त ऋणीहरू नयाँ बानेश्वरबाट पक्राउ

जोईन खबर

१४, फाल्गुण २०८०
  • 829
    SHARES
  • लघुवित्त ऋणीहरू  नयाँ बानेश्वरबाट पक्राउ

    १४ फागुन काठमाडौँ । लघुवित्त ऋणीहरू नयाँ बानेश्वर संसद् भवन बाट पक्राउ परेका  छन् । प्रहरीले  लघुवित्त ऋणीहरूलाई करिव १८/२० जनालाइ पक्राउ गरीएको   उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिनु भयो ।

    images

    पक्राउ परेका सबै जनालाइ  प्रहरी वृत्त, बानेश्वर लगिएको छ ।उनीहरू भित्रबाट बोलाएको भन्दै दुईरतीन जना छिरेछन्, पछि अरु पनि छिरेको भन्ने आएको खबर एआईजी थापाले बताए । उक्त घटना बारे  बुझ्न जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री आफैं त्यहाँ पुग्दै हुनुहुन्छ ।

    images
    images
    images

    लघुवित्त ऋणीहरू संघीय संसदभित्र जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको एआईजी थापाले बताए । सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ ।लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार नारावाजी गर्दै संसद भवनभित्रै प्रवेश गरेका हुन् । प्रहरीले रोक्न खोज्दा नसके पछि उनीहरूलाई पक्राउ गरि प्रहरी वृत्त, बानेश्वर पुराएको हो । 

    प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - १५:०६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको