१४ फागुन काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८०/८१ को वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । महिला र उमेर समूहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू समावेश गरिएको छ ।
सोमबार सार्वजनिक क्यालेण्डर अनुसार नेपालको शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग २०८१ पुसमा हुने छ ।ए डिभिजन लिग अघि २०८१ को असोज/कात्तिकमा नेपाल सुपर लिग एनएसएल हुने छ ।बी डिभिजन र सी डिभिजनका खेलहरू एउटै समय २०८० को चैतमा हुने क्यालेण्डरमा समावेश छ । क्लबहरूसँग छलफल गरेर नै क्यालेण्डर तय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।
ती मध्ये शीर्ष ३ ले २०८१ मा ३ विभागीय क्लब र विदेशी क्लबहरूसमेत सहभागी गराएर प्रतियोगिता गराउने एन्फाले जाएको छ ।फुटसल प्रतियोगिता २०८१ वैशाख र जेठमा काठमाडौँ र पोखरामा हुनेछ । यू-१४ विद्यालयस्तरीय प्रतियोगितामा महिला र पुरुष दुवैको प्रतियोगिता जेठ र असारमा हुनेछ ।यू-१६ युथ च्याम्पियनसिप २०८१ को साउनदेखि असोजसम्म हुने छ ।ग्रासरुट लिग, प्रदेश स्तरीय लिग, एन्फा प्रेसिडेन्ट लिगलाई पनि क्यालेन्डरमा समावेश गरिएको छ । यी प्रतियोगिताहरू २०८१ साउनदेखि असोजसम्म हुनेछन् ।