१४ फागुन काठमाडाैँ । भाेली जिल्ला तनहुँका ८ पालिकामा सार्वजनिक बिदा हुने भएकाे छ । पालिकाले मगर दिवसको अवसरमा मगर बाहुल्य भएकाे कारण सार्वजनिक बिदा घोषणा गरेका छन् । मङ्गलवार ४२ औँ मगर स्थापना दिवस मनाइँदै छ ।
तनहुँका शुक्ल गण्डकी, भीमाद र भानु नगरपालिका तथा म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर र देवघाट गाउँपालिकाले बिदा घोषणा गरेका हुन् । उनीहरुले कार्यपालिका बैठकबाट बिदाको निर्णय गरेका हुन् ।
स्थानीय तहका कार्यालय, वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, बैैंक, वित्तीय संस्था, निजी सङ्घसंस्था र सबै विद्यालयमा बिदा हुने प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन् ।