१५ फागुन काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत रहेका सोङबीच भेटवार्ता भएको छ ।
राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेर शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको हो ।
भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडा पनि सहभागी भएका थिए ।