Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१२ बर्षिया बालिकालाई पटक पटक करणी गरेको आरोपमा प्रदिप लामा लोप्चान भरतपुरबाटपक्राउ

१२ बर्षिया बालिकालाई पटक पटक करणी गरेको आरोपमा प्रदिप लामा लोप्चान भरतपुरबाटपक्राउ

जोईन खबर

१५, फाल्गुण २०८०
  • 886
    SHARES
  • १२ बर्षिया बालिकालाई पटक पटक करणी गरेको आरोपमा  प्रदिप लामा लोप्चान भरतपुरबाटपक्राउ

    १५ फागुन काठमाडाैँ । गाेरखामा १२ बर्षिया बालिकालाई पटक पटक करणी गरेको आरोपमा चितवन भरतपुरबाट १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा न १८ घर भएका ३२ बर्षका प्रदिप लामा लोप्चान भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

    images

    उनी हाल कठमाण्डौ महानगरपालिका वडा न ४ बालुवाटर बस्ने लोप्चनले १२ बर्षिया बालिका ‘२६ परिसर’ नाम परिवर्तनलाई माघको २१ गते राजधानीबो भगाई गोरखाको पालुङटार नगरपालिका–५ ठाटीपोखरी राखी गएको फागुन १ गतेदेखी ६ गतेसम्म पटक पटक जबरजस्ती करणी गरेको भन्दै उहाँका आफन्तले प्रहरीले निवेदन दिए लगत्तै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images
    images
    images

    उहाँका अनुसार आरोपितले राजधानीबाट विभिन्न प्रलोभन दिएर नाबालिकालाई गोरखाको ठाँटी पोखरी ल्याएका थिए । जबरजस्ती करणी गरेको घटनामा पीडितको आफन्तले जिल्ला प्रहरी परिसर, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाडौंमा जाहेरी दिएको थियो ।

    लोप्चनलाई फागुन १४ गते प्रहरीले जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट अनुसन्धानका लागि म्याद थप भएको छ । आरोपितलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १३:४२:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको