Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिकोणात्मक टी-२० को पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित

त्रिकोणात्मक टी-२० को पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित

जोईन खबर

१५, फाल्गुण २०८०
  • 877
    SHARES
  • त्रिकोणात्मक टी-२० को पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित

    १५ फागुन काठमाडाैँ । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।

    images

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२ रन गुलशन झा १२, सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो ।  नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए थिए । 

    images
    images
    images

    टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।लोफ्टी इटनले १०१ रन बनाए । लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए ।

    नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए ।नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

     

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १५:०४:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको