१६ फागुन काठमाडाैँ । योङ कम्यूनिष्ट लिग (वाईसीएल) नेपाल बागमती प्रदेश समिति र शहिद स्मृती प्रतिष्ठान नेपालले प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ्गशिल्ड भलिबल प्रतियोगिता–२०८० तथा शहिद बेपत्त परिवार सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रू १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफी,मेडल, प्रमाणपत्र, द्धितिय हुने टिमलाई नगद रू ५५ हजार ५ सय ५५ रुपियाँ ट्रफी, मेडल, प्रमाणपत्र, तृतीय हुने टिमलाई नगद रू ३३ हजार ३ सय ३३ रुपैयाँ, ट्रफी मेडल, प्रमाणपत्र, वेष्ट सटरलाई नगद रु ५ हजार मेडल,ट्रफी, प्रमाणपत्र, वेष्ट प्लेयरलाई नगद , रु. ५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र, बेष्ट लिप्टरलाई नगद रू ५ हजार मेडल, ट्रफी,प्रमाणपत्र, बेष्ट ब्लकरलाई नगद रू ५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र, र बेष्ट कोचलाई ५ हजार मेडल,ट्रफी, प्रमाणपत्र दिइने व्यवास्था रहेकाे छ ।यस कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइने प्रतियोगिताको आयोजकले बताए ।
उक्त कार्यक्रममा ४२ लाख २६ हजार ९ सय ९९ अनुमानित खर्च रहेको जनाएको छ। प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ्गशिल्ड भलिबल प्रतियोगिता–२०८० तथा शहिद वेपत्ता परिवार सम्मान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाट समुद्घाटन हुने भएकाे छ ।