१६ फागुन काठमाडौँ । त्रिकोणात्मक टी(२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग नेपालले २० ओभरमा झिनो रनले हारेको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाएको थियो ।
नेपालको लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि जित्न भने सकेन ।नेपाललाइ जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो ,भने ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्याए पनि तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भएका हुन् ।
चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् ।रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए ।कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।