Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिस्ठान नेपालद्वारा २५ लाखको अक्षयकोष स्थापना

प्रथम शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिस्ठान नेपालद्वारा २५ लाखको अक्षयकोष स्थापना

जोईन खबर

१७, फाल्गुण २०८०
  • 1.5K
    SHARES
  • प्रथम शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिस्ठान नेपालद्वारा २५ लाखको अक्षयकोष स्थापना

    १७ फागुन काठमाडौँ । तत्कालीन वेला नेकपा माओवादीद्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले राज्य पक्षबाट मारिएका शहिद दिलबहादुर रम्तेलको २९औं स्मृति दिवसको सन्दर्भमा बारपाक सुलिकोट गाउँपालिकाको आयोजनमा भएको दिल बहादुर रम्तेल स्मृति कार्यक्रमको अवसर पारेर शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिस्ठान नेपालद्वारा अक्षयकोष स्थापना गरिएको छ।

    images

    बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको शहिद दिल बहादुर रम्तेलको २९औं स्मृति दिवसको अवसरमा गरेको कार्यक्रममा यहि फागुन १४ गतेका दिन शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डा। बुद्धि नेपालीले अक्षयकोषको सार्बजनिक गर्नु भएको थियो ।

    images
    images
    images

    427667130_412750317888866_1511170735533499093_n.jpg

    अक्षयकोष सार्बजनिक गर्दा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट र स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डा।बुद्धि नेपाली बिच दोहोरो हस्ताक्षर सहित सम्झौता गरिएको छ। उक्त अक्षयकोष रकमबाट आउने बार्षिक ब्याजबाट बारपाक सुलिकोट गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्यरत कक्षा ११ मा पढ्ने २० जना विद्यार्थिहरुले आफ्नो शैक्षिक स्तर वृद्धिको लागि छात्रवृद्धि को रुपमा पाउने योङ्ग कम्यूनिष्ट लिग वाईसीएल नेपालका केन्द्रिय सचिवलय सदस्य धिरज उपरकोटीले बताउनु भयो ।

    वाईसीएल नेपालका सचिवलय सदस्य उपरकोटीका अनुसार यो अक्षयकोष स्थापना कालको आर्थिक बर्ष ०८१/०८२ को सुरुको बर्ष साउन बाट नै कार्यक्रम लागू हुने गरि अक्षयकोष स्थापना गरिएको जानकारी दिनु भयो । शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय बारपाक सुलिकोट वडा न ८ जराङ्गमा रहेको छ । शहिद दिल बहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डा। बुद्धि नेपालीले अक्षयकोष सार्बजनिक गर्ने क्रममा गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताल (बिजय) तथा विभिन्न् तहका राजनैतिक ब्यक्तित्वहरुको उपस्थिति भएको थियो। 

    प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - १०:२२:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको