१७ फागुन काठमाडाैँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ले आज राति जोर्डनविरुद्ध हुने फाइनल खेलमा खेलाडीको रूपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् ।
फ्रान्स क्लबमा आबद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध आज रातिहुने फाइनल खेल खेल्न नपाउने भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली टोलीलाई हौसला दिएकी छन् । उनले जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्ने गरिन्थ्यो त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छन् ।
उनले टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जाने विश्वास गरेकी छन् । उनले भनेकी छन्,‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । खेलाडीको रूपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु ।