Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपाधिबाट चुक्यो नेपाल,वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनसंग पेनाल्टी सुट आउटमा पराजित

उपाधिबाट चुक्यो नेपाल,वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनसंग पेनाल्टी सुट आउटमा पराजित

जोईन खबर

१८, फाल्गुण २०८०
  • 1.1K
    SHARES
  • उपाधिबाट चुक्यो नेपाल,वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनसंग   पेनाल्टी सुट आउटमा  पराजित

    १७ फागुन काठमाडौँ। वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनसंग नेपाली राष्ट्रिय महिला फुटबल टोली नेपालले   हार बेहोरेको छ ।साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो ।

    images

    निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको हो ।नेपाल ११ औं पटक फाइनलमा पनि उपाधि जित्न सफल भएन । पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो ।

    images
    images
    images

    तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो ।नेपालको हिरा भुजेलको प्रहार गोल भएपनि अमृता जैशीले गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो ।इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो ।

    जबाराहले बक्समा ह्याण्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गिता रानाले गोल गर्दै नेपालका लागि बराबरी गरिन् । त्यस पछि खेलको अन्तिम समय सम्म पनि  गोल बराबरी भएसंगै पेनाल्टी सुट आउटमा ५-३ गोलको अन्तरले नेपाल पराजित भएको हो ।

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - ००:०६:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको