१८ फागुन काठमाडौँ । त्रिकोणात्मक टि २० सिरिजको खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले चौथो पटक खेल्ने खेलमा पनि नामिबियाविरुद्ध टस हारेको छ ।नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएसंगैनेपालले पहिलो ब्याटिङ गर्ने निम्तो पाएको हो ।
टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख टोलीमा आएका छन् ।
आजको खेलमा नेपालको टोलीबाट रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, आसिफ शेख,दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख मैदान आएका छन् ।