१८ फागुन काठमाडौँ ।गोरखा नगरपालिका रहेको गोरखा क्याम्पसका बिद्यार्थी, शिक्षक,कर्मचारी र संगम मेडिहेल्थ क्लिनिक एण्ड मेडिसेल्सबाट उपलब्ध हुने स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने सम्झौता भएका छ ।
उक्त क्लिनिकले दिने स्वास्थ्य सेवा लाग्ने खर्चको शुल्कमा २० प्रतिशत छुट दिने गरी क्लिनिक र गोरखा क्याम्पसको स्वतन्त्र बिद्यार्थी यूनियनबीच वुधवार एक र्कायक्म बिच सम्झौता गरएिको हो ।संगम मेडिहेल्थ क्लिनिकले दिने छुट रकममा क्याम्पसमा अध्यरत बिद्यार्थी, शिक्षक तथा कर्मचारीका आफ्नो परिवारले पनि उक्त सेवा पाउने गरी सम्झौता भएको स्ववियुका सहायक सचिव रचन परियारले बताए ।
उक्त सेवा लिदा स्ववियुका निर्वाचित पदाधिकारी एवं सदस्यहरुको हकमा स्ववियु परिचय पत्र देखाएर सेवा लिने र उनीहरुको परिवारको हकमा सहुलियत स्वास्थ्य कार्ड बनाइ उक्त कार्ड देखाइ सेवा लिने व्यावस्था रहेको सम्झौतामा लेखिएको छ ।
