२० फागुन काठमाडौँ । त्रिकोणात्मक टी—२० आई सिरीज खेलमा फाइनलको प्रवेशको लागिआज नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गर्दै छन् ।उक्त फाइनल खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको कीर्तिपुरमा आज आइतबार बिहान ११ ३० बजेबाट सुरु हुने भएको छ ।
दुवै टोली फाइनल प्रवेशका लागि जित निकाल्ने तयारीका साथ मैदान उत्रिनेछन् । त्रिकोणात्मक टी—२० आई सिरीजमा तीन खेलबाट नेदरल्यान्ड्सले ४ अंक जोडेर नेट रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा कायम छ ।नामिबियाले ३ खेलमा १ जित हात पारेर २ अंकका साथ अन्तिममा रहेएको छ ।
त्यसैले पनि नामिबियालाई फाइनल प्रवेशका लागि नेदरल्यान्ड्समाथि फराकिलो जित आवश्यक हुन्छ । नेपाल भने शनिबार नेदरल्यान्ड्सलाई १५ ।३ ओभरमा ६ विकेटले पराजित गर्दै ४ खेलबाट ४ अंक जोड्दै फाइनल पक्का बनाएको छ । उक्त खेलको फाइनल खेल भने मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुर नै हुने भएको छ ।