Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु , एक जना फरार

मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु , एक जना फरार

जोईन खबर

२०, फाल्गुण २०८०
  • 583
    SHARES
  • मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु , एक जना फरार

    २० फागुन काठमाडौँ । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भने अर्को एक फरार रहेका छन् ।

    images

    गोरखा छेपेटार बारपाक सडकखण्डको भालुस्वाँरा नजिकै राजेश परियारले चलाएको बा ९१ प ४५८ नम्वरको मोटरसाइकल शनिवार राती करिव दश बजेको समयमा दुर्घटना हुदा सिरानचोक गाउँपालिका  वडा न-६ नयाँसाघुँ  भएका २७ बर्षीय मिलन थापा मगरको मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार गरेका गम्भीर घाइते मगरलाई गोरखाको गोरखा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नीरिक्षक शेखर खड्काले बताए ।

    मोटरसाइकलमा सवार गर्ने दुई जना मध्ये पछाडि बस्नेको उपचारको क्रममा मृत्यु भयो भने, मोटरसाइकल चालक परियार फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिए । दुर्घटना भएको मोटरसाइकल प्रहरीले  नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताए ।

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - १२:३७:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको