२१ फागुन काठमाडौँ ।आज देशका धेरै ठाउँमा मौसम बदलीने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बेलुकीदेखि सबै ठाउँको मौसममा सुधार आउने जनाएको छ ।
महाशाखाले आज कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ ।
महाशाखाका अनुसार काठमाण्डौ उपत्यका र अरु पहाडी भेगका केही ठाउँमा पनि आज छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।