२२ फागुन काठमाडौँ । आज राति देखि एक्कासी सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम विश्वभर नै समस्या देखिएको छ । मंगलबार राति देखि फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ ।
विश्वभरका फेसबुक र इन्स्टाग्रामका समस्या देखिएपछि प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।अर्को सामाजिक सञ्जाल इन्स्टाग्राम भने पूर्णरूपमा काम गर्न छाडेको छ ।