२२ फागुन काठमाडौँ । गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट बन्नु भएका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको हो ।
यता केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको हो । केन्द्रमा यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा एमालेसहितको चा। दलको नयाँ गठबन्धन भई सानो आकारको मन्त्रिमण्डल समेत गठन भइसकेको छ ।