२३ फागुन काठमाडौँ । प्रथम ढोडेनी फागुपूर्णिमा मेला २०८० को अवसरमा खुल्ला भलिबल तथा छेलो प्रतियोगिता हुने भएको छ ।गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानी ढोडेनीको फुटबल ग्राउन्डमा खुल्ला पुरुष भलिबल तथा छेलो प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता फागुपूर्णिमा बिशेष भलिबल आयोजक समिति तथा बारपाक सलिकोट गाउँपालिका वडा न ४ को कार्यालय सौरपानीको सह आयोजनामा यही आउदो चैतको ११ गते बिहान ११ बजेबाट सञ्चालन हुने फागुपूर्णिमा बिशेष भलिबल आयोजक समितिका सह संयोजक मिलन ढकालले जानकारी दिनु भयो । यस फागुपूर्णिमा बिशेष भलिबल आयोजक समितिले फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व लाई परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परागत पर्वको अवसर पारी खुल्ला पुरुष भलिबल तथा छेलो प्रतियोगिताको आयोजना गर्ने लागेको आयोजक समितिका सह सैयोजक ढकालले बताउनु भयो ।
खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद रु ४०,००० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र पाउँने छन् । द्वितियस्थान हासिल गर्ने टिमले नगद रु २०,००० हजारसाथमा मेडल र प्रमाणपत्र पाउने छन्, भने त्यस्तै तितृय स्थान हासिल गर्ने टिमले नगद रु १०,००० हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।त्यसै छेलो प्रतियोगितामा प्रथम हुने लाई नगद रु ५००० पुस्कारको व्यवास्था रहेको आयोजकले जनाएको छ ।
यस आयोजक समितिको प्रतियोगिता सहभागी हुन चाहाने टिमले चैत ११ गते बिहान १० बजे सम्म टिम दर्ता गर्न सक्ने छन् ।टिम दर्ताको लागि ५,००० हजार रुपैयाँ शुल्क तोकिएको छन् । खेलमा सहभागि हुन टिमले दर्ताको लागि आयोजकका संयोजक सह संयोजकलाइ फाेन गरेर पनि दर्ता गराउन सक्ने सह संयोजक रबित तामाङले बताउनु भयो । यस पर्वको अवसमा चैत ११ गते बेलुका गाउँटोलका स्थानिय भेष भुषा प्रदर्शन लोक नुत्य संस्कृतिक कार्यक्रम स्थानिय कलाकारहरु द्वारा परम्परागत झाकी,मारुनी समेतको प्रस्तुति रहने छ ।