२३ फागुन काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
सत्त गठबन्धनबाट आज मात्र शपथ लिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाबाट सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
बुधबार राष्ट्रपति निवासमा शपथ ग्रहणपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गर्दै उनले ७७ वटै जिल्लामा सरकारी जग्गा हडप्नेहरूलाई कारबाही गर्न निर्देशन दिएका हुन्। उनले उक्त काम भोली बाट नै सुरू गर्ने प्रतिबद्धता गरेका छन् ।