२४ फागुन काठमाडौँ । गोरखा सिरानचोक गाउँपालिका जरेवरको दरौँदी खोलामा सडक नै नभएको ठाउँमा पुल निर्माण गरेको भन्दै अख्तियार अनुसन्धान आयोगले मुद्धा दायर गरेका थिए ।उक्त मुद्धा दायरबाट ३ कर्मचारीले विशेष अदालतबाट केही दिन अघि सफाइ पाएका छन् ।यस मुद्धाबाट सफाई पाउनेमा गण्डकी प्रदेशको भौतिक तथा यातायात मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका निर्देशक रामकुमार श्रेष्ठ , पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगाना रहेका छन् ।
गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका जरेवरस्थित दरौँदी खोलामा पुल हालिएको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।सडक नै नभएको ठाउँमा ५ करोड ३९ लाखमा निर्माण गरिएको ५० मिटर लामो पुल बनाइएको अभियोगमा अख्तियारले राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो ।
खोला नै नभएको ठाउँमा पुल बनाएको भन्दै कर्मचारीमाथि अख्तियारले मुद्धा चलाउँदै सोही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेका तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयलाई भने अख्तियारले उन्मुक्ति दिएको थियो ।काल्पनिक डीपीआर बनाएर पुलको स्थान र डिजाइनसमेत परिवर्तन गरी कानुनबिपरीत पुल हालिएको भन्दै अख्तियारले गत साल फागुनमा विशेष अदालतमा मुद्धा हालेको थियो । उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको थियो ।