Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

जोईन खबर

२४, फाल्गुण २०८०
  • 721
    SHARES
  • रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने :  परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

    २४ फागुन काठमाडौँ । रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले  टेलिफोन मार्फत वार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका विषयमा गम्भीर छलफल  लागि विदेशमन्त्री सर्गेइसँग टेलिफोन वार्ता गर्न लागेका हुन् ।

    images

    रुसी सेनामा भर्ती  भएर युक्रेनसँगको युद्धमा अंगभंग भएका र ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था र मृतकको शव नेपाल फिर्ता ल्याउने विषयमा कुरा हुने परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए । परराष्ट्रमन्त्री श्रेष्ठले भनु भयो कि रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्नुपर्छ भन्ने कुरा नै प्रमुख बिषय रहेको बताउनु भयो ।

    images
    images
    images

    त्यहाँ लाखौँ रूपैयाँ र्खच गरेर गएर   ज्यान गुमाएका, अंगभंग भएका र अलपत्र परेकाहरूको लागि क्षतिपूर्तिको विषयमा पनि छलफल अघि बढाउने जानकारी दिए । 

    नेपाल सरकार परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि रुसी विदेशमन्त्री सर्गेइले नेपाली समकक्षीसँग टेलिफोन वार्ता गर्ने तय भएको हो ।नेपालले आफ्ना नागरिकलाई सेनामा भर्ती नलिन, भर्ती भएकालाई फिर्ता पठाउन, मृत्यु भएकाको शव नेपाल पठाइदिन र अंगभंग भएकाको विवरणका साथै क्षतिपूर्ति समेत उपलब्ध गराउन अनुरोध गर्दै आएको छ ।

    तर अहिलेसम्म रुससँग नेपालले प्रत्यक्ष संवाद गर्न सकिरहेको छैन । हिजो मात्र नयाँ गठबन्धन बनेपछि बुधबार परराष्ट्र मन्त्रालयको जिम्मेवारी  पाएका उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार उक्त वार्ता हुने भएको हो ।  

    प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - १३:३३:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको