२७ फागुन काठमाडौँ । गोरखा नगरपालिकाको द्रव्यशाह बहुुमुखी क्याम्पसमा आज देखि कक्षा सञ्चालन हुने भएको छ । क्याम्पसमा तीनसाता अघि देखि केही विवादका कारण पठनपाठन रोकिएको थियो, भने आज देखि क्याम्पस सञ्चालक समिति र आन्दोलनरत विद्यार्थीहरु बीच क्याम्पस सञ्चालन गर्ने सहमतिपछि आइतबारबाट पठनपाठन सञ्चालन भएको हो ।
गत फागुन ८ गतेबाट क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुख र लेखा अधिकृतको राजिनामा माग गर्दै ताला लगाएका थिए ।क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले १५ दिनभित्र राजिनामा गर्ने, लेखा अधिकृत सुजन कुँबर १५ दिनका लागि विदामा बस्ने र आन्दोलनरत विद्यार्थीहरुले क्याम्पसमा लगाएको ताला खोल्ने सहमति भएको सञ्चालक समितिले जनाएको छ ।क्याम्पसमा लगातार आन्दोलन पछि दुई पक्ष बीच केहीदिनअघि क्याम्पस सञ्चालन गर्ने सहमति भएको थियो ।