२७ फागुन काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न-११ भुसुनापुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलचौतरा तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिका वडा न - ११ भुसुनापुरमा बस्ने ५६ वर्षीय कुल बहादुर शाहीलाई अवैध भरूवा बन्दुक १ थानसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हुन् ।
ईलाका प्रहरी बेलचौतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाई छिपाई राखिएको बन्दुक फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छन् ।