२७ फागुन काठमडौँ ।नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
आइतबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत थम्पसनले नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।
त्यसैबिचमा नेपाल(अमेरिका सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।