२८ फागुन काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले गोरखा जिल्लाको आठौँ अधिवेशन सम्पन्न भएको छ। हिजो सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र थापाले २८० मत प्राप्त गरेका छन्, भने अध्यक्ष पदका अर्का उम्मेद्वार कृष्ण नेपालीले २०५ मत प्राप्त गरि अध्यक्षमा सुरेन्द्र थापाले ७५ मत ले पछि पार्दै थापा विजयी भएका छन् ।
त्यस्तै उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मत प्राप्त गरी अधिकारी विजयी भएका हुन् । उपाध्यक्ष पदका अर्का उम्मेद्वार कमल दानीले १२१ मत प्राप्त गरेका थिए भने अर्का उम्मेद्वार कृष्ण काप्रीले ७१ मत प्राप्त गरेका थिए ।सचिवमा काजिराम रोकाले ३५३ मत प्राप्त गरेका थिए भने अर्का उम्मेद्वार उपेन्द्र देवकोटाले १०५ मत प्राप्त गरेका थिए । सचिव पदमा रोकाले देवकोटालाइ भारी मतान्तरले विजयी हासिल गरेका हुन् ।
उपसचिवमा मनोज जोशीले २६५ मत प्राप्त गरेका थिए भने र अर्का उपसचिव उम्मेद्वार शान्ति चापागाईले ३२० मत प्राप्त विजयी भएका छन् । त्यस्तै उपसचिव पदमा जोशी र चापागाईको प्रतिस्पर्धीमा खुल्लातर्फका उपसचिवका पदका अर्का उम्मेद्वार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन् ।