२८ फागुन काठमाडाैँ । आज शेर्पा समुदायहरूको महत्त्वपूर्ण पर्व ग्याल्पो ल्होसारमा देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस पर्व हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।यस पर्वलाइ शेर्पा समुदायहरूले नयाँ वर्षकाे रूपमा मनाउदै अाउने प्रचलन छ ।
उनीहरूले मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।विगतमा हिमाली जिल्लामा मात्रै मनाइने यो पर्व अहिले देशैभरि फैलिएको छ । शेर्पा समुदायको उपस्थिति भएका सबैजसो जिल्लामा धूमधामका साथ यो पर्व मनाउने गरिएको छ ।