२८ फागुन काठमाडौँ । दार्चुलामा थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । फरार रहेका थुनुवा जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए ।
उनी महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कैलालीको कैलारी गाउँपालिकाका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।