२९ फागुन काठमाडौँ शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा तनहुँको बालमन्दिर माध्यमिक विद्यालयकी सुनिता उपाध्याय पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनुसार पौडेलले भारतको वाणारसीबाट हाइस्कुल तह उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा काम गरिरहेकी थिइन्।
उनलाइ निवारण ऐन, २०५९ बमोजिम नक्कली प्रमाणपत्र पेश गरी अवैध लाभ उठाएको कसुरमा मुद्दा दायर गरिएको छ ।