२ चैत काठमाडौँ । सिन्धुलीमा नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको छ । सुनकोशी गाउँपालिका वडा न - १ दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको एनटिसि टावर नजिकै शुक्रबार बिहान ३ बजेतिर कुकर बम विस्फोट भएको हो ।
बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली त्यहाँ पुगेका थिए, भने उक्त टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।