२ चैत काठमाडौँ । मोरङको विराटनगरको शौचालयमा फेला परेको स्टाफ नर्सको शव हत्या भएको प्रहरीले आशंका गरेको छ । मृत्त स्टाफ नर्स विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् ।
सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको शव आफ्नै डेराको शौचालयमा फेला परेको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो।
अस्पताल नजिकै रहेको डेराको शौचालयमा फेला परेको शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दासको घाँटी,अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ।उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको दाहालले बताउनु भएको हो। घटना सम्बन्धी गम्भिर अनुसन्धान भइ रहेको प्रहरीले बताए ।