Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ग्लोबल आईएमई बैंकको कर्मचारी माथि गोली प्रहार गर्ने  ३ जना पक्राउ 

ग्लोबल आईएमई बैंकको कर्मचारी माथि गोली प्रहार गर्ने  ३ जना पक्राउ 

जोईन खबर

३, चैत्र २०८०
  • 784
    SHARES
  • ग्लोबल आईएमई बैंकको कर्मचारी माथि गोली प्रहार गर्ने  ३ जना पक्राउ 

    ३ चैत काठमाडौँ । रौतहटको ग्लोबल आईएमई बैंकको कर्मचारी माथि गोली प्रहार गर्ने  ३ जना पक्राउ परेका छन् । उक्त कर्मचारी माथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो ।

    images

    जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक ९डीएसपी० एलिजा गिरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक १९ वर्षका मुनिफकुमार यादव, १८ वर्षका राजकुमार पासवान र २० वर्षका चन्द्रभान सिंह रहेका छन् ।उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ ।गोली प्रहारबाट घाइते भएका नितेशलाइ उपचारको लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको प्रहरीले बताए ।

    प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - १७:४०:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको