४ चैत काठमाडौँ । चितवनमा ट्रकमा बस ठोक्किँदा एकको मृत्यु चार घाइते भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्डमा रौतहटको गौरबाट कास्की पोखरातर्फ जाँदै ग१ख ८५२४ नम्बरको बस ना ६ख ३५८० नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भारतको मोतिहारीका ३७ वर्षीय गौरी दासको उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस गए राती आइतबार बिहान करिब २ः४० बजे बाटोछेउमा रोकिराखेको ट्रकमा बसको चक्का पन्चर भई ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा पर्साको वीरगन्ज महानगरपालिकाका ३३ वर्षीय हाकिम मियाँ ट्रक चालक,बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाका २५ वर्षीय पूजा गुप्ता,अर्का सवार दुई भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएका छन् । घाइतेहरू चारै जनाको भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताए । घटना सम्बन्धि थप अनुसन्धना भइ रहेको छ ।