४ चैत काठमाडौँ । कालिकोटमा आगोमा जलेर घाइते भएकी १२ वर्षीया बालिकाको उपचारको क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनीहरुगाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा खाँडाचक्रका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी छोरी हेमन्ती आगोले जलेर घाइते भएकी थिइन् ।
घाइते हेमन्तीको आइतबार दिउँसो १ ।४० बजे उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका डा। केएन पौडेलले जानकारी दिए । उनका बुवा नन्दरामको पनि अवस्था गम्घिर रहेको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको डाक्टर पौडेलले जानकारी दिए ।