Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरामा आजदेखि  डिस्को, दोहोरीजस्ता व्यवसाय रातभर खुल्ने

पोखरामा आजदेखि  डिस्को, दोहोरीजस्ता व्यवसाय रातभर खुल्ने

जोईन खबर

४, चैत्र २०८०
  • 814
    SHARES
  • पोखरामा आजदेखि  डिस्को, दोहोरीजस्ता व्यवसाय रातभर खुल्ने

    ४ चैत काठमाडौँ । पोखरामा आजदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन्। पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डिस्को, दोहोरीजस्ता व्यवसाय रातभर खोल्ने घोषणा गरेका हुन् ।

    images

    आजै साँझबाट लागू हुनेगरी एउटा मापदण्ड बनाएर पोखराको विभिन्न ठाउँ जसमा लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु बिहान एक बजेसम्म सञ्चालन हुने बताएका थिए । उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने घोषणा पनि गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताए।

    images
    images
    images

    उनले पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको बताए। उनले यि सबै  प्रतिबद्धता पुरा गर्ने समेत बताएका छन् ।

    प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - १७:०४:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको