५ चैत काठमाडौँ । आज सोमबार पनि सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोल एक लाख २४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोल एक लाख २३ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
हिजो र आजको सुनको मूल्यमा सुन हिजो भन्दा आज तोलामा ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोवार भई रहेको संघले जनाएको छ ।
यस्तै आईतबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।आज सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। प्रतितोला एक हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।