Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागलुङको जाउलेपानीमा भएको बस दुर्घटनामा ९ जनाकाे मृत्यु , २५ घाइते

बागलुङको जाउलेपानीमा भएको बस दुर्घटनामा ९ जनाकाे मृत्यु , २५ घाइते

जोईन खबर

६, चैत्र २०८०
  • 757
    SHARES
  • बागलुङको जाउलेपानीमा   भएको  बस दुर्घटनामा ९ जनाकाे मृत्यु , २५ घाइते

    ६ चैत  काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु र २५ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग सडकमा दुर्घटना परी घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने अरू दुई जनाको उपचारका लागि अस्पताल पु¥याउने क्रममा मृत्यु भएको हो ।उक्त बसमा चालकसहित ३३ जना सवार थिए ,भने ९ जनाको मृत्यु र २५ जना घाइते भएका  प्रहरीले जनाएको छ । 

    images

     रुकुम पश्चिमबाट सोमबार बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा दुर्घटनामा परेको रुकुम पूर्वका प्रहरी निरीक्षक हरि भट्टराईले बताउनु भयो ।

    images
    images
    images

    दुर्घटनामा परी मृत्यु हुने दाङका लक्की पुनमगर, रुकुम मुसिकोटका  विनिता केसी, सोही ठाउँका सवारीधनी बबी ददेल नेपाली, टिका केसी, मुसिकोटकै कल्पना केसी, चालक रोल्पाका मानसिंह विक, गोरखाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकूम पूर्वका विक्रम परियारको मृत्यु भएको छ । दुर्घटनामा बस सडकदेखि १५० मिटर तल खसेको थियो ।

    प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - १०:१६:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको