Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोटमा बाह्रमुले युवा क्लवको आयोजनामा वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बारपाक सुलिकोटमा बाह्रमुले युवा क्लवको आयोजनामा वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

जोईन खबर

६, चैत्र २०८०
  • 1.1K
    SHARES
  • बारपाक सुलिकोटमा बाह्रमुले युवा क्लवको आयोजनामा वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

    ६ चैत काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ३ चित्रेगाउँका स्थानीयलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त  कार्यक्रम बाह्रमुले युवा क्लवको आयोजनामा आइतवार सम्पन्न गरिएको  हो ।

    images

    433112925_1825396821272449_5066739369060704237_n.jpg

    images
    images
    images

    यस अभिमुखिकरण कार्यक्रममा  समुदायमा वित्तीय ज्ञान नहुँदा ऋिण लिने, फिर्ता नगर्ने जस्ता क्रियाकलाप बढेकाले साक्षरता कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष रिजन विश्वकर्माले बताए । क्लवका अध्यक्ष विश्वकर्माका अनुसार गाउँका मानिसहरुले पनि सहकारीबाट पैसा लिने तर फिर्ता गर्न नसक्ने जस्ता समस्याहरु बढेकाले पनि उक्त कार्यक्रमबाट केही हत सम्म समस्या समधान हुन सक्ने समेत बताए ।

    432899833_1825396907939107_7135251542138655332_n.jpg

    कार्यक्रममा युवा बिद्यार्थी शिक्षित अशिक्षित अभिभावकहरुको  सहभागीतामा फजुल खर्च नियन्त्रण गर्न र पैसाको उचित लगानी कुन ठाउामा कसरी गर्ने भन्ने बारेमा पनि जानकारी गराइएको थियो । यस कार्यक्रमा क्लवका अध्यक्ष रिजन विश्वकर्माको अध्यक्षतामा र  कार्यक्रम अवधिभर नारायण ढकालको सहजीकरणबाट कार्यक्रम सम्पन्न गरिएको थियो । 

    433099974_1825396641272467_6538671648634502208_n.jpg 431451105_1825480391264092_6382072859451864969_n.jpg

    प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - ११:०२:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको