६ चैत काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकामा आज जिप दुर्घटना हुदँ चार जना घाइते भएका छन् । गण्डकी गाउँपालिका वडा न ६ बन्टारबाट चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङ बजार तर्फ यात्रु र तरकारी बोकेर जाँदै गरेको बा १९ च ८६५ नम्बरको बलेरो जिप आज बिहान ब्रेक फेल भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ ।
घाइतेहरुको उद्धार पश्चात फिस्लिङ स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाकी छ ।