६ चैत काठमाडौँ । काठमाडौँ महानगरपालिका -१९ मरूढोका इनाटोलका २६ बर्षीय संजय शाहीको हत्या गरी फरार र जिल्ला सोलुखुम्बुको नेचा सल्यान वडा न -४ का ४२ बर्षीय तिखे भन्ने तेज बहादुर राइ २१ बर्षपछि पक्राउ परेका छन् ।
राईलाइ हिजो सोमबार काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए । शाहीको हत्या गरी फरार रहेका उनलाई कोटेश्वरमा रहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।
काठमाडौँको मरूढोका ईनाटोलमा ०५९ असोज १४ मा शाहीलाई राईसहितको टोलीले सोही ठाउँमा रहेको बिनोद शाहीको राँगा काटने बधशालामा फलामको रडले टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरि हत्या गरिएको प्रहरी उपरीक्षक रेग्मीले जनाएको छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार ०५९ असोज १४ मा शाहीको हत्या गरि पञ्चात काठमाडौँको बिष्णुमती खोला किनारमा फेला परेको थियो । उनलाइ काठमाडौँ जिल्ला उपत्यका अपराध अनुसन्धान कार्यालयको मिनभवनबाट खटिएको टोलीले आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत काठमाडौँमा बुझाइएको बताए ।