Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सर्लाहीको नवलपुरमा  ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु १० जना घाइते 

सर्लाहीको नवलपुरमा  ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु १० जना घाइते 

जोईन खबर

८, चैत्र २०८०
  • 706
    SHARES
  • सर्लाहीको नवलपुरमा  ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु १० जना घाइते 

    ८ चैत काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिका वडा न १ नवलपुरमा गएराती ट्रक र बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु र १० जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग सडक खण्डकाे नवलपुरको तिनकुने पार्क नजिक बागमती प्रदेश –०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना भएको थियो ।
     
    दुर्घटनामा ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न ३ बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृत गोलेको दुर्घटना पछि उपचार गर्न लैजाने क्रममा सोही दिनै नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको लालबन्दीका इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिए ।

    images

    उक्त दुर्घटनामा ११ जना मध्ये एक जनाको मृत्यु भएको हो भने बाकी घाइतेहरु १० जनाको  ।सर्लाही नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इन्स्पेक्टर केसीले बताए ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - ११:०५:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको