Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको नेपाल पुलिस क्लब फाइनल प्रवेश

आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको नेपाल पुलिस क्लब फाइनल प्रवेश

जोईन खबर

८, चैत्र २०८०
  • 613
    SHARES
  • आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको नेपाल पुलिस क्लब फाइनल प्रवेश

    ८ चैत काठमाडौँ ।आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब  फाइनल पुगेको छ । आज भएको पहिलो क्वार्टरफाइनलमा एपिएफलाई नेपाल पुलिस क्लबले ३–१ को सेटलेजितेर  पुलिसले  फाइनल खेल पक्का बनाएको हो । । शनिबार हुने फाइनलमा पुलिसले चन्द्रानिगरी नगरपालिका महिला टिम वा एभरेष्ट भलिबल क्लबमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

    images

    अर्को सेमिफाइनल आजै हुनेछ ।त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा पुलिसले एपिएफलाई २७–२५,२५–२२, २८-३०, २५-१७ ले हराएको हो ।प्रतियोगितामा पुरुषतर्फका अन्तिम दुई क्वार्टरफाइनल खेल हुनेछ ।

    images
    images
    images

    तेस्रो क्वार्टरफाइनलमा पुलिस र कोशी प्रदेश तथा अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

     

    प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - १२:१६:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको