८ चैत काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तीनदिनदेखि अबरुद्ध भएको मोबाइल फोन सेवा बुधबार बेलुकाबाट सुचारु भएको छ । यस ठाउमा नेर्टवकको समस्याले सेवा ठप्प बनेको खबर पाएलगतै नेपाल टेलिकम गोरखा शाखाले पोखराबाट प्राविधिक टोली बोलाएर काम सुरु गरि बुधबार बेलुकादेखि मोबाइल सेवा सुचारु भएको हो ।
नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालका अनुसार उक्त ठाउँमा हाई भोल्टेजका कारण लाइनमा समस्या देखिएको र अहिले मर्मतको काम सकिएको जानकारी दिए ।
उनले भने हामी अरु ठाउँमा पनि अनुगमन गरेर फर्कने बताए ।धार्चे गाउँपालिका–२ केरौजामा रहेको नेपाल टेलिकम टावरमा समस्या आएपछि पालिकाभरि नै मोबाइल सेवा बन्द भएको थियो ।