Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोरखाको बिनिता गुरुङसहित तीन जना रकम ठगी गरेको आरोपमा पक्राउ

 गोरखाको बिनिता गुरुङसहित तीन जना रकम ठगी गरेको आरोपमा पक्राउ

जोईन खबर

८, चैत्र २०८०
  • 1.1K
    SHARES
  •  गोरखाको बिनिता गुरुङसहित तीन जना रकम ठगी गरेको आरोपमा पक्राउ

     ८ चैत काठमाडौँ । गोरखाको बिनिता गुरुङसहित तीन जना रकम ठगी गरेको आरोपमा  प्रहरीले पक्राउ गरेको छ । उनीहरु तीन जनाले ग्रीस र पोल्याण्डमा वैदेशिक रोजगारीमा लैजाने भनि अनुमानीत  एक करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेहरूमा महोत्तरीको गौशाला नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्द बस्ने २३ वर्षीय निशेष कुमार मुक्तान, गोरखाको धार्चे गाउँपालिका–५ घर भई  हाल काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने २० वर्षीया बिनिता गुरुङ र पर्वतको फलेवास नगरपालिका–२ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटा  पक्राउ परेका हुन् ।

    images
    images
    images

    उनीहरुले ग्रीस पठाइदिन्छु भन्दै महोत्तरी मुक्तान र गोरखाकी गुरुङले  ६९ लाख ३० हजार रूपैयाँ र पर्वतको सापकोटाले पोल्याण्ड पठाइदिन्छु भन्दै पाँच लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।ठगी गर्ने तीनै जनाले पिडितलाई  आकर्षण कम्पनीमा   मासिक एक लाख रुपैयाँ भन्दा बढी तलब  हुने प्रलोभन देखाएर रकम असुली गरेका थिए ।पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - १४:१९:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको